Kath Khabar
सत्ता साझेदारको बैठक- पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने निर्णय


           काठमाडौं, पुस १४। सात दलीय सत्ता गठबन्धनको बैठकले आगामी ५ दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ। बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बारे छलफल भएको थियो ।

बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्यूनतम साझा कार्यक्रम ल्याउन एमाले अध्यक्ष ओली नेतृत्वमा सरकारमा रहेका दलहरूबाट एक/एक जना सदस्य रहने गरी समिति बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी भएको पनि बताउनुभयो । बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, रास्वपा अध्यक्ष लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्थ्यो ।

यस्तै बैठकले सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update