Kath Khabar
आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन

 

                    काठमाडौं, पुस १४ । गृहमन्त्रालयले सुरक्षा अधिकारीहरुलाई आफूखुसी दलका नेताहरुलाई नभेट्न निर्देशन दिएको छ । विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कूटनीतिक नियोगहरुमा भेटघाट गर्न मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै विभागीय स्वीकृति बिना नेता र कूटनीतिक नियोगहरुमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई कारबाही हुने बताउनुभएको छ ।

मन्त्रालयले निर्देशन विपरीत कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम अनुशासन सम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update