प्रधानमन्त्रीद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन

काठमाडौं, पुस २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनुभएको हो।
प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न उद्योग वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभएको छ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ १५:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय