Kath khabar
आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते


                                         बारा, पुस २२ ।  आगो ताप्ने क्रममा जलेर बारामा एक वृद्धा घाइते भएकी छन् ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १८ बस्ने ६० वर्षीया किमैना देवी यादव घाइते भएकी हुन् । सुवर्ण गाउँपालिका ३ जमुनिया टोल घर भई उनी कलैयामा बस्दै आएकी थिइन् ।

बुधबार दिउँसो करिब १ बजे घरको बरण्डामा आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी गम्भिर घाईते भएकी थिइन् ।

बारामा प्राथमिक उपचार पश्चात बुधबार नै थप उपचारको लागि उनलाई पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको थियो ।

त्यहाँबाट पनि थप उपचारका लागि बिहीबार उनलाई कीर्तिपुर बर्न अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update