मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न सरकारको पहल सुरु
काठमाडौं, पुस २५ । सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार पहल सुरु गरेको छ ।
वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्दारका लागि निर्देशन दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्दारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय