Kath Khabar
प्रधानमन्त्री प्रचण्डले आज संघीय संसदमा विश्वासको मत लिँदै

 

            काठमाडौं, पुस २६। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिदै हुनुहुन्छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएर ११ पुसमा  कार्यभार सम्हाल्नुभएको थियोे।

नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

प्रचण्डलाई माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राप्रपा लगायतका दलको समर्थन रहेको छ । प्रचण्डले नेपाली कांग्रेससँग पनि विश्वासको मत माग्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने आश्वासन दिएका छन् । विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update