Kath Khabar
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने

 

                 काठमाडौं, पुस २६ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । पार्टीको आज मंगलबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
 
बिहान देउवानिवासमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । पदाधिकारीबीच कुरा बाझिएपछि कार्यसम्पादन समितिको बैठक डाकिएको थियो ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि प्रतिपक्षमा बसेर भुमिका निर्वाह गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेता महेन्द्र यादवले बताए ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत चारजना नेताहरुले प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी र प्रदीप पौडेलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update