Kath Khabar
कांग्रेसले सरकारलाई समर्थन गर्ने निर्णय जाल होइन भने स्वागतयोग्य छ - अध्यक्ष ओली


               काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले सरकारलाई समर्थन गर्दै अन्य दलहरुलाई समेत त्यसको पक्षमा उभिन आग्रह गर्नुभएको छ।

अध्यक्ष ओलीले भने, “म प्रस्तावको स्वागत र समर्थन गर्छु, राजनीतिमा मौका अनुसारको व्याख्या गरिनु हुँदैन, प्रधानमन्त्री दाहाललाई अहिले विरोध गर्नुपर्ने ठाउँ नै छैन ।” प्रतिपक्षमा रहेर पनि सरकारलाई विश्वासको मत दिएर नेपाली कांग्रेसले विश्वकै लोकतान्त्रिक अभ्यासमा नयाँ भाष्य स्थापित गरेको उल्लेख गर्दैै उहाँले यदि समर्थनमा कुनै स्वार्थ रहेको खण्डमा त्यो निरर्थक साबित हुने बताउनुभयो।

अध्यक्ष ओलीले कुनै कालखण्डमा संसद् विघटन भएसँगै सधैँभरि असंवैधानिक परिस्थिति उत्पन्न हुन्छ भन्ने सोचबाट तर्सन हुन्न भन्दै उहाँले विश्वका लोकतन्त्रातिक मुलुकमा समेत यस्तो अभ्यास बेला बखत हुदै आएको स्पष्ट पार्नुभयो।

अध्यक्ष ओलीले सरकारले अघि सारेका नीति तथा कार्यक्रममा झन्डै ५० लाख जनता निरपेक्ष गरिबीको रेखामुनि रहेका र लाखौँको सङ्ख्यामा विदेशमा रहेका युवा लक्षित रहेको बताउँदै उहाँले भने, “युवालाई देशभित्रै राख्ने कुरा सजिलो छैन, रोजगारीका आकर्षक अवसरहरु सिर्जना गर्नुपर्छ ।” उहाँले देशको विकासका लागि विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्न जरुरी छ भन्नुभयो।

प्रतिनिधिसभाको जारी बैठकमा अध्यक्ष ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गर्नुभएको छ।  उहाँले सरकारलाई समर्थन गर्ने कुनै जालझेल होइने भने कांग्रेसको निर्णयलाई स्वागत गर्ने बताउनुभयो । तर, यदि जाल हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको ओलीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update