Kath Khabar
सरकारका तीन वर्ष तीन महिना : १८ पटक हेरफेर, जम्मा मन्त्रीको संख्या साठी, प्रधामनमन्त्री आफैँ पाँचपटक काम चलाउ ! 

काठमाडौं,जेठ २२ । पछिल्लो समय सरकार वैशाख ३१ मा पुनर्गठन भएको थियो र पूर्ण पनि थियो । त्यसको एक्काइसऔ दिनमा अर्को पुनर्गठन भयो जेठ २१ मा जो १८ औ पटक होे तर अपूर्णनै छ ।

यो अपूर्ण नै रहेको कारण आज भोलीनै अर्को पुनर्गठन हुँदैछ भन्ने सूचना पनि यही भएको छ । संविधान अनुसार मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुन्छ । अहिलेको पुनर्गठनबाट यो मन्त्रिपरिषद् १७ जनाको भएको छ । यतिमा पनि सरकार चल्न सक्दछ तर संविधानले दिएको अब थप ८ जनासम्म मन्त्री नियुक्त गर्न पाउने अधिकार त्यसै छाडिएला भन्ने पत्याउने अवस्था देखिदैन । प्रधानमन्त्रीसंग अहिले रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय छन् । 

यो १८ औं पुनर्गठन हुँदा यो सरकार गठन हुँदा २०७४ फागुन ३ र त्यसको वरीपरी नियुक्त भएका मन्त्रीहरुमा एकजनासम्म पनि अहिले रहनु भएन, प्रधानमन्त्रीे केपीशर्मा ओली बाहेक । 

प्रधानमन्त्रीे नै पनि यो समयसम्ममा पाँच पटक काम चलाउ हुनुभयो । यो पछिल्लो पुनर्गठन पनि कामचलाउ सरकारकै हैसियतको हो । २०७७ पुस ५ प्रतिनिधिसभाको सदस्य नरहेर, फागुन ११ अदालतबाट असंवैधानिक काम गएिको भनेर, फागुन २३ बहुमत रहेको पार्टी अदालतको फैसलाबाट फुटेर, २०७८ प्रतिनिधिसभामा विश्वासको मत नपाएर, जेठ ८ फेरी प्रतिनिधिसभाको सदस्य नभएर । 

स्थिरताका लागि बहुमतको सरकार भन्ने नारामा सम्पन्न भएको प्रतिनिधिसभाको चुनावपछि २०७४ फागुन ३ मा पहिलो जिम्मेवारी सम्हाल्दा जो उहाँको पक्षमा माओवादीको समर्थनबाट ६४ प्रतिशतको संख्या थियो, प्रधानमन्त्रीका रुपमा उहाँको घोषणा थियो अब उपप्रधानमन्त्री राखिने छैन, राज्यलाई यो अनावश्यक उपको भार दिइने छैन  । तर उहाँकै नेतृत्वको सरकारमा अहिलेसम्म उपप्रधानमन्त्रीको संख्या पाँच पुुगेको छ यो तीन वर्ष तीन महिनाको अवधिमा ।

काम चलाउको अवस्थामा भएको पछिल्लो पुनर्गठनमा मात्रै तीनजना उपप्रधानमन्त्री थपिनुभयो । यसमा दुईजना त उहाँकै दलका हुनुहुन्छ । त्यसबेला उपप्रधान नराख्ने भन्ने घोषणाको  उल्लघन दुइमहिनामै भएको थियो । उपेन्द्र यादव ईश्वर पोखरेल त्यसबेलाका उपप्रधानमन्त्री हुनुहुथ्यो । अहिले विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्नुभएको छ । पौडेल र महासेठ एमालेका र महतो भने जसपाका हुनुहुन्छ । 

यसैमा मन्त्री छनोटको पनि कुरा आएको छ । त्यसमा आफ्ना दलबाट मन्त्री छान्ने प्रधानमन्त्रीको आधारकार्ड पनि प्रकट भएको मानिएको चर्चामा छ । यो पुनर्गठनमा एमालेबाट छ जना मन्त्रीबन्नु भएको छ । यसमा थमौतीमा पर्नु भएका बाहेक नयाँ ल्याइनुु भएकामा दुईजना हुनुहुन्छ जो यस अघि उहाँबाटै आफ्नो मन्त्रीपरिषदमा असक्षमको आरोप लागेर हटाइनु भएको थियो । यसले अबका दिनमा यो दलबाट केकस्ता आधारमा बाँकी मन्त्री छानिनुहोला भन्ने अनुमान गर्ने ठाउँ दिएको बताउँछ्न एमालेकै विज्ञहरु । 

प्रधानमन्त्रीले पहिलो संसद विघटन गर्दाको दिन पुस ५ सम्म आफ्नो पक्षमा ६४ प्रतिशत मत रहेको भनी अदालतमा लिखित जवाफ दिनुभएको थियो । यो भनेको यो बेलासम्म चुनावमा मागिए जस्तै मत अर्थात स्थिर सरकार रहेको अवस्था हो तर यही बिचमा अर्थात यो सरकारको तीन वर्ष तीन महिनामा १८ पटक मन्त्रीपरिषद् हेरफेरभयो ।

मन्त्रीपरिषद्को एउटा पुनर्गठन हुँदा सरकार कम्तीमा एकमहिना जति अलमलमा पर्ने गरेको र सो मन्त्रालयको काम जान लागेका मन्त्री प्रति अटेरी र आउनेको अनविज्ञताले तीन महिनाको सयम यताउता हुने मान्ने हो भने वितेका तीन वर्षका धेरै समय सरकार गठन-पुनर्गठनको चर्चामानै बितेछन् । स्थिति यस्तै रहने हो भने यसले बुझाउँछ भने अब आउँदो निर्वाचनमा कसैबाट स्थिर सरकारको माग कसरी गरिएला ?

यो सरकार ३ फागुन ०७४ मा गठनभएको हो । गठनभए लगत्तै यसको पुनर्गठनपनि सुरुभएको विवरणहरुले बताउँछन। यसबाट नै सुरुदेखि पछिल्लो समय सममम आइपुग्दाको संख्या १८ पटक पुगे हो । 

यो सरकार अर्थात प्रधानमन्त्रीका रुपमा आोललिे शपथ खानुभएको दिन ३ फागुन ०७४ मा जनसंख्या तथा वातावरणमन्त्रीका रूपमा लालबाबु पण्डित र महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको रूपमा थममाया थापाले शपथ लिनुभएको थियो । त्यसको १० दिनपछि १४ फागुनमा चार मन्त्री थपिनु भयो । त्यसमा ईश्वर पोखरेल रक्षा, रामबहादुर थापो गृह, मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति र डा. युवराज खतिवडा अर्थ मन्त्री हुनुभयो । तेस्रो पुनगठन २ चैतमा भयो । त्यसमा प्रदीप ज्ञवाली परराष्ट्र, वर्षमान पुर्न ऊर्जा, गिरिराजमणि पोखरेललाई शिक्षा, रघुवीर महासेर्ठ भौतिक पूर्वाधार तथा यातायात, गोकर्ण विष्ट श्रम र शक्ति बस्नेत वन, जगतबहादुर सुनार युवा तथा खेलकुद, रवीन्द्र अधिकारी पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर तामाङ कानुन, न्याय तथा संसदीय मामिला, चक्रपाणि खनाल कृषि, भूमिव्यवस्था तथा सहकारी र विना मगर खानेपानीमन्त्री र राज्यमन्त्री स्वास्थ्यमा पदमा अर्याल, सञ्चारमा गोकुल बाँस्कोटा, पर्यटनमा धनबहादुर बुढा र कृषिमा राजकुमारी चौधरीले आदि ।

यसै दिन एकजना मन्त्रीको विभाग परिवर्तनभयो । उहाँ हुनुहन्थ्यो लालबाबु पण्डित जो जनसंख्या तथा वातावरणमन्त्रीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सारिनुभयो  । यो भनेको मन्त्रीबनाइएको एक महिनामै विभाग परिवर्तन गरिएको अवस्थ हो अर्थात आफुले पाएको जिम्मेवारी  कुनैपनिबेला खोसिन वा परिवर्तन हुन सक्तछ भन्ने सन्देश दिनु वा जानु । 

१८ जेठमा फेरि नयाँ मन्त्री नियुक्तिसँगै मन्त्रिपरिषद् हेरफेर सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री अढाई महिनापछि मन्त्रीमा बढुवा गरियो । ८ साउनमा कानुनमन्त्री शेरबहादुर तामाङसंग राजीनामा मागियो । तयसको १० औं दिन, १८ साउन ०७५ मा पाँचौँपटक मन्त्रिपरिषद् हेरफेर भयो तत्कालीन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्यामन्त्रीसहित उपप्रधानमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकास र सुरेन्द्रकुमार यादव स्वास्थ्य राज्यमन्त्री बन्नुभयो । कानुन मन्त्रालयमा भानुभक्त ढकाललाई ल्याइयो ।

 १६ फागुनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिए । पाँच महिनापछि १५ साउनमा मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईमा गयो । ४ मंसिर ०७६ मा मन्त्रिपरिषद् हेरफेर हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हृदयेश त्रिपाठी, कृषि मन्त्रालयमा घनश्याम भुसाल, स्वास्थ्यमा भानुभक्त ढकाल, उद्योगमा लेखराज भट्ट, श्रममा रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमा वसन्तकुमार नेम्वाङ, महिला बालबालिका मन्त्रालयमा पार्वत गुरुङको प्रवेश भयो । उद्योग राज्यमन्त्रीको रूपमा मोतीलाल दुगडलाई ल्याइयोे ।  यसको महिना दिनमै ८ पुस ०७६ मा नै अर्को पुनर्गठन भयो । एवम रितले यो जेठ २१ सम्ममा १८ पटक पुनर्गठन र मन्त्रीहुनेको सख्या ६० पुगको हो 

यो अहिलेको सरकार निर्वाचन सन्दर्भको हो । पछिल्लो पुनर्गठनले जनताको मतलाई नै  अपमान गरेको मानियो जसले निर्वाचनको परिणाम प्रति सरकार संवेदनशील नरहेको बुझाउँछ । मधेस केन्द्रित दलबाट राज्यमन्त्रीमा नियुक्त हुनुभएकी रेणुका गुरूङ गएको स्थानीय निर्वाचनमा उपमेयरमा पराजित हुनुभएको थियो । उहाँले प्राप्त गरेको मत थियो जम्मा ९९ । निर्वाचन आयोगको तथ्यांकमा उहाँ टोखा नगरपालिकाको उपप्रमुखमा खडा हुनुभएको थियो । बिजयी नेकपा (एमाले)की ज्ञानमाया डंगोलको मत आठ हजार ९८ थियो । यद्यपि गुरुङको परिचय भने समाजसेवीको रुपमा नै रहेको छ । 

 
 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update