Kath Khabar
प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित

 

           काठमाडौं, माघ ५ । प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनका उम्मदेवार नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ।

आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई हराउँदै उहाँ निर्वाचित भएको छ । उहाँको पक्षमा १६७ मत परेको थियो भने विपक्षमा १०० मत परेको थियो ।

उहाँको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्थ्यो ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update