Kath Khabar
उपसभामुखकाका लागि मनोनयन दर्ता आज

 

                काठमाडौं, माघ ६ । प्रतिनिधिसभाको उपसभामुखकाका लागि आज मनोनयन दर्ताको तालिका रहेको छ । भोलि माघ ७ गते हुने प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनको लागि आज शुक्रबार उम्मेदवारी मनोनयनको मिति निर्धारण गरिएको हो ।

संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यसूचीमा शुक्रबार १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने उल्लेख छ । आजै अपराह्न ४ बजेर १५ मिनेटमा उम्मेदवारको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ ।

सभामुखको उम्मेदवारीका लागि सत्ता पक्षबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम तयारी रहन भनिएको छ । सभामुखमा पुरुष उम्मेदवार विजयी भएकाले उपसभामुखमा फरक पार्टीको महिला उम्मेदवार निर्वाचित हुनैपर्ने कानुनी प्रावधान रहेको छ । सभामुखमा बिहीबार एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update