Kath Khabar
नवनिर्वाचित सभामुख घिमिरेले लिए शपथ

 

                काठमाडौं, माघ ६ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।

एमालेबाट सांसदमा निर्वाचित घिमिरे सत्तासाझेदार दलहरुको साझा उम्मेदवारका रुपमा बिहीबार सभामुखमा निर्वाचित हुनुभएको हो । यस्तै घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै एमालेको सदस्यता त्यागेको घोषणा गर्नुभएको छ ।

सत्ता गठबन्धनबाट सभामुखमा निर्वाचित हुनुभएका घिमिरे झापाबाट प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update