Kath Khabar
उपसभामुखमा रास्वपा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता, प्रस्तावकमा रास्वपाकै सांसद सोविता गौतम

 

               काठमाडौं, माघ ६ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ सत्ता गठबन्धनबाट उपसभामुखमा साझा उम्मेदवार हुनुहुन्छ।

उहाँको प्रस्तावकमा रास्वपाकै सांसद सोविता गौतम हुनुहुन्छ भने समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) की नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन हुनुहुन्छ।

सभामुखमा हिजोमात्रै देवराज घिमिरे निर्वाचित भइसक्नुभएको छ भने भोलि शनिबार प्रतिनिधिसभाले उपसभामुख पाउने भएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update