Kath Khabar
गृहमन्त्री रवि लामिछाने र महानगर प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता, सुकुम्बासी व्यवस्थापनबारे छलफल

 

              काठमाडौं, माघ १२ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह'बालेन' बीच बिहिबार भेटवार्ता भएको छ ।

एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली लिएर गृहमन्त्रालय पुग्नु भएका मेयर साहले गृहमन्त्री लामिछानेसँग सुकुम्बासीवस्ती व्यवस्थापनको बारेमा छलफल गर्नुभएको छ । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताउनुभएको छ ।

यसअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई थापाथलीको सुकुम्बासी हटाउन सहयोग मागेको थियो । तर, गृह मन्त्रालयले विकल्पविना सहयोग गर्न नसक्ने जवाफ दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update