Kath Khabar
गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सकियो, फैसला आउन बाँकी


           काठमाडौं, माघ १३ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो । मुद्दाको फैसला आउन बाँकी छ ।

अहिले सुनुवाइमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन् । बहस सकिएपछि अहिले न्यायाधीशहरू फैसला लेखनमा जुटेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update