Kath Khabar
गृहमन्त्री लामिछानेको मुद्धामा फैसलाको तयारी, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

 

               काठमाडौं, माघ १३ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आजै फैसलाको तयारी गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजलासमा सुनुवाई सकिएको हो।

सुनुवाइ सकिएसँगै सो क्षेत्रमा सुरक्षा तैनाथ गरेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए । सांसद पद खारेजीसहितको माग गर्दै गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update