Kath Khabar
रवि लामिछानेले बुझाए राजीनामा

              

                 काठमाडौं, माघ १३ । सर्वोच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।

गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने बताउँदै आफू अनागरिक रहेको बताएका छन् । ‘म एक अनागरिकलाई तपाईंहरू के प्रश्न सोध्नुहुन्छ,’ उनले भने।

 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update