Kath Khabar
निवर्तमान गृहमन्त्री रवि लामिछाने आज नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय जाँदै

 

           काठमाडौं, माघ १५ । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय जाँदै हुनुहुन्छ ।

बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा गएर उहाँले आवश्यक प्रक्रिया पूरा गरेपछि नागरिकता पाउने बताइएको छ । शुक्रबार सर्वोच्च अदालतको फैसलापछि अनागरिक बन्नुभएका लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि तयारी अघि बढाउनुभएको हो।

लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्नेछ। ती प्रमाण बुझाएपछि जिल्ला प्रशासन कार्यालयले उहाँको पहिलेकै विवरणमा नयाँ नागरिकता जारी गर्नेछ।

 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update