Kath khabar
रवि लामिछाने रास्वपा सभापतिमा पुनः चयन

 

             काठमाडौं, माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने पुनः चयन भएका छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानले पुनः नागरिकता लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको केन्द्रीय समितिको बैठकले उनलाई सभापतिको जिम्मेवारी सुम्पेको हो । पहिलो बैठकमा रविलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरि पारित गरिएको थियो ।

शुक्रबार सर्वोच्चको फैसलापछि रास्वपाले कार्यबाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको थियो ।  

 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update