काठमाडौं, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्न पुगेका रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै बालुवाटारबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग माग गरेका हुन् । गृहमन्त्रालयको जिम्मेवारी आफैले सम्हालेका प्रधानमन्त्री प्रचण्ड भने तत्कालै लामिछानेलाई गृहमन्त्री बनाउने मनस्थितिमा छैनन् । दाहाललाई पार्टीभित्रबाट पनि माओवादीले नै गृह राख्नुपर्ने दबाब दाहालमाथि छ तर रास्वपाको दाबीका कारण दाहाल निर्णयमा पुग्न सकेका छैनन् ।
भेटवार्तामा प्रधानमन्त्री दाहालले रास्वपालाई गृहको सट्टा अर्को मन्त्रालय दिन तयार भए पनि लामिछानेले गृहमै दाबी गरेको बताईएको छ ।