बालुवाटारमा प्रधानमन्त्रीसँग ओली र लिङ्देनको भेटवार्ता, रविलाई गृहमा फर्काउन दवाव
काठमाडौं, माघ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनको भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग ओली र लिङ्देनले पालैपालो भेटेका हुन् ।
दुवै नेता राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउनका लागि दाहालसँग छलफलमा रहेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री दाहाल भने पासपोर्टको विषय छानबिनमा रहेको भन्दै लामिछानेलाई गृह मन्त्रालय दिन नसकिने बताउँदै आएका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय