रवि लामिछानेको पार्टी रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं, माघ १८। राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल ‘सफल’ले बुधबार निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको उक्त पार्टी खारेजीको माग गर्दै निवेदन दिएका हुन्।
पौडेलले सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उम्मेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले खारेजी गर्न माग गरेका हुन् । राष्ट्रिय हितविपरीत रास्वपा दर्ता भएको भन्दै खारेज हुनुपर्ने उजुरीमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय