Kath Khabar
सन्दीपलाई धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन


             काठमाडौं, माघ २०। सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। 

आजको प्रारम्भिक सुनुवाइपछि हरि फुयालको एकल इजलासले उच्च अदालतको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो ।  मूल मुद्दाको जोहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी विवरण नै कैफियत प्रतिवेदन हो ।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गरी थुनामै राख्न माग गर्दै निवेदन दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालबाट शर्त सहित उनलाई २० लाख रुपैयाँ धरौटीमा दुई साताअघि रिहा गर्न आदेश भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update