
काठमाडौं, माघ २२ । राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद भवनमा दिउँसो १ बजे देखि ४ बजेसम्म उम्मेदवारी दर्ता प्रक्रिया शुरु हुनेछ । मतदान भने भोली दिउँसो १२ बजे शुरु हुनेछ ।
राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेश गरिनेछ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गर्नुभएको थियो । राष्ट्रियसभा उपाध्यक्ष रहनुभएकी शशिकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष पद खाली रहेको थियो।