Kath Khabar
आफूलाई स्वतः निर्वाचित भएको प्रमाणपत्र दिन माग गर्दै निर्वाचन आयोगमा उमेश श्रेष्ठको निवेदन


           काठमाडौं, माघ २२ । चितवन निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यमा पराजित उम्मेदवार उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

मंसिर ४ को निर्वाचनमा फराकिलो मतान्तरसहित विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सांसद पद गुमाएपछि निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले आफूलाई स्वतः निर्वाचित घोषित गर्न मागसहित आइतवार निवेदन दिनुभएको हो । श्रेष्ठले माग गरे पनि कानुनमा त्यो व्यवस्था नै नरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताउनुभयो । उहाँले उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पार्नुभयो।

 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update