Kath Khabar
उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बस्दै


                काठमाडौं, माघ २६ । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठक बस्ने निर्णय भएको थियो ।

बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूको उपस्थिति हुनेछ। रास्वपा सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको संयन्त्रको बैठकमा त्यसपछिको अवस्था तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ। बैठकमा सुदुरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मत लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update