Kath Khabar
रवि लामिछानेको पासपोर्ट दुरुपयोग सम्बन्धमा अनुसन्धान सुरु


                काठमाडौं, माघ २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पासपोर्ट दुरुपयोग सम्बन्धमा परेको उजुरी माथि अनुसन्धान सुरु भएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौँले आफूकहाँ पेश भएका जाहेरीका आधारमा एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान सुरु गरेको छ। कार्यालयले जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग त्रिपुरेश्वर र अध्यागमन विभाग कालिकास्थानलाई कागजातहरु पठाइदिने व्यहोरासहित पत्राचार गरिएको  छ।

अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा लामिछानेले नेपाली राहदानी लिएको विषयमा अहिले उनीमाथि फौजदारी कसुरमा अनुसन्धान भइरहेको छ। यसअघि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा रिट दिएका युवराज पौडेल (सफल)ले नै राहदानी दुरुपयोगको जाहेरी दिएका हुन्।

 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update