Kath Khabar
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

                    

                  काठमाडौं, माघ २६ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित् भएको छ।

आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगित् भएको हो। रास्वपा सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको संयन्त्रको बैठकमा त्यसपछिको अवस्था तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको थियो।

राजनीतिक संयन्त्रको बैठक रोकेर अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।  

 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update