Kath Khabar
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज पद तथा गोपनियताको शपथ लिदैँ


            काठमाडौं, माघ २७ । बिहीबार साँझ नियुक्त हुनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको शपथ लिदैँ हुनुहुन्छ । शाहलाई शुक्रवार प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ।

एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री हुनुभएका राजेन्द्रसिंह रावलले बिहीवार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा बिहीबार साँझ नियुक्त हुनुभएको थियो।

संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दावि पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले उहाँलाई नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update