बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं, माघ २९ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ ।
सत्ता साझेदार दलहरूले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको उक्त संयन्त्रको बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको प्रभावकारिता, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय