
काठमाडौं, माघ २९ । नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । सरकारसँग ६ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच आन्दोलनका विषयमा वार्ता भएको थियो । वार्तामा एक साताभित्र चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नेलगाायतका विषयमा सहमति भएको छ ।
शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो ।