नेकपा माओवादी केन्द्रले पेरिसडाँडामा मनायो जनयुद्ध दिवस
काठमाडौं, फागुन १ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आज २८ औँ जनयुद्ध दिवस मनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेकपा (माओवादी केन्द्र)द्वारा आयोजित २८औँ जनयुद्ध दिवस कार्यक्रममा सहिदहरूको सम्झनामा निर्माण भएको सहिद स्मारक स्तम्भमा माल्यार्पण गर्नुभएको छ । कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दाहाल लगायत पार्टी पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागिता रहेको छ।
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यसै अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९ ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय