Kath Khabar
पूर्वराजा ज्ञानेन्द्र शाह र पारस सहित दुर्गा प्रसाईंले सुरु गरे नागरिक बचाउ महाअभियान

 

               काँकडभिट्टा, फागुन १ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाह झापाको काँकडभिट्टा पुग्नुभएको छ।

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरू गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को शुभारम्भ कार्यक्रमको लागि शाह परिवार सोमबार काँकडभिट्टा पुगेका हुन् । काँकडभिट्टाको प्यारीभिट्टास्थित खाली चौरमा महाअभियान उद्घाटन कार्यक्रम राखिएको छ।

प्रसाईंको ‘विकृतिविरुद्ध अभियान’मा सर्वसाधारणको बाक्लो उपस्थितिसँगै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराजसँगै छोरीहरू प्रेरणा र शिताष्मा पनि महाअभियानमा पुग्नुभएको छ । यो अभियानले हिन्दु राष्ट्रको स्थापना, राजसंस्थाको पुनर्स्थापना, संघीयता खारेजीलगायत मुद्दा उठाउने बताइएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update