Kath Khabar
तत्काल गृहमन्त्री नियुक्त गर्न संसदबाट राप्रपाको दबाब

 

                       काठमाडौ, फागुन ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्काल गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दबाब दिएको छ।

आजको प्रतिनिधि सभाको बैठकमा राप्रपाका प्रमुख सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री किन खाली राखिएको भन्दै  'गृह मन्त्रालय आफैँ राख्ने हो भने अरू सबै मन्त्रालय प्रधानमन्त्रीलाई जिम्मा दिए हुन्छ।’ उनले भनेका छन् ।

गत सोमबार नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शनको क्रममा भएको लुटपाट र तोडफोडको घटनाले देशमा शान्ति सुरक्षा नभएको आभास गराएको बताउँदै उनले गृहमन्त्री नियुक्त गर्न दबाब दिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल गृहमन्त्री नियुक्त गर्न दबाब दिंदै उनले भने-  ‘गृह मन्त्रालयको संरचना छ तर गृहमन्त्री किन खाली राखियो ? देशको शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री तत्काल नियुक्त गरियोस्।’


 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update