
काठमाडौं, फागुन ७ । वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।
यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिनेछ । यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिनेछ। आयोगका अनुसार नयाँ खुल्ने दलहरूले उपनिर्वाचनमा भाग लिन भने पाउने छैनन् । २०७९ फागुन ५ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले उपचुनावमा भाग लिन फागुन १६ गतेसम्म दल दर्ता निवेदन आयोगमा पठाइसक्नुपर्नेछ।
राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिनुपर्ने आयोगको भनाइ छ।
सर्वोच्च अदालतले गत मंसिर ४ मा सम्पन्न चुनावमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवारी नै बदर गर्दै पद खारेज गरिदिएपछि यहाँ उपचुनाव हुन लागेको हो।