Kath khabar
पोखराको लेखनाथस्थित डाँडाकोनाकमा बस दुर्घटना, ४२ जना घाइते

 

              पोखरा, फागुन ७ । पोखराको लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस पृथ्वीराजमार्गबाट खोल्सामा खसेको हो । घाइतेहरुको उद्धार गरी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा लगिएको छ ।

प्रहरीका अनुसार बसमा पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सर्वसाधारण सवार थिए । ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update