Kath Khabar
एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंद्धारा पार्टी परित्यागको घोषणा

                

                  काठमाडौं, फागुन ७ । चर्चित व्यवसायी समेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् ।

प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । सोही घटनालाई लिएर एमालेको स्थानीय कमिटीले प्रसाइलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको थियो । एमालेले  निर्णय नलिँदै प्रसाई आफैंले एमालेबाट अलग भएको घोषणा गरेका छन् । प्रसाईंले काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update