Kath Khabar
प्रतिनिधिसभाको बैठक आज बस्दै

 

                      काठमाडौं, फागुन १० । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन-२०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्न लागेका हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update