अरूण चौधरीको निलम्बन फुकुवा

काठमाडौं, फागुन १० । नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सांसद निलम्बन पद फुकुवा भएको छ ।
आजको प्रतिधिनिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सांसद चौधरीलाई आममाफी दिएको पत्र पढेर सुनाउनु भएको थियो । योसँगै निलम्बित चौधरीको सांसद पद फुकुवा भएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीलाई आममाफी दिनुभएपछि चौधरी रिहाइ हुनुभएको थियो । सांसद पद फुकुवा नभएपछि उहाँको नाम राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा समावेश गरिएको छैन ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय