Kath khabar
ललितपुरको कुसुन्तिमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु


               काठमाडौं, फागुन ११ । ललितपुरको ललितपुर महानगरपालिका-१३ कुसुन्तिस्थित सडकमा बा.८७ प ५९०१ र बागमती प्रदेश ०२–००२प ९३७६ नम्बरका मोटरटसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा बा.प्र.०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीमिया घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सोही मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update