Kath Khabar
सिंहदरबारमा प्रधानमन्त्री दाहाल र माधवकुमार नेपालबीच भेटवार्ता

 

                  काठमाडौं, फागुन ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन्।  

भेटघाटमा राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने तयारीबारे उहाँहरुबीच छलफल हुने बताइएको छ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिर्ता गर्ने दिन नजिकिएसँगै दलहरूको दौडधुप बढेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update