राष्ट्रपति निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन आज

काठमाडौं, फागुन १२ । राष्ट्रपति निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन आज हुँदैछ । निर्वाचन आयोगले आजै अन्तिम नामावाली प्रकाशन गर्न लागेको हो ।
यसअनुसार भोलिसम्ममा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरिसक्नु पर्नेछ । दलहरु भने क-कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा निष्कर्षमा पुगिसकेका छैनन् । मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।
राष्ट्रपतिको निर्वाचन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १०:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय