Kath Khabar
बालुवाटारमा नेपाली कांग्रेससहित माओवादी, एस र जसपासहित चार दलको बैठक जारी


                काठमाडौं, फागुन १२ । बालुवाटारमा नेपाली कांग्रेससहित चार दलको बैठक जारी रहेको छ । राष्ट्रपति उम्मेदवारको विषयमा छलफल गर्न चार दलका शीर्ष नेताहरुको निर्णायक बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको बताइएको छ।  

बैठकमा आम जनता पार्टीका अध्यक्ष एवम् सांसद तथा प्रधानमन्त्री दाहालनिकट मानिने प्रभु साहपनि सहभागी छन् । आजको बैठकबाट कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन बन्ने र राष्ट्रपति पदको साझा उम्मेदवार चयन हुनसक्ने बताईएको छ ।

हिजो बसेको तीन दलको बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापकरूपमा छलफल भएपनि बैठक निष्कर्षविहीन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update