सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा

काठमाडौं, फागुन १२ । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आफू विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित दायर गरेको रिटमा आज पेसी तोकिएको छ। उक्त मुद्दा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको छ ।
सन्दीपले विदेश भ्रमणको प्रतिवन्ध फुकुवाको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदन पनि सँगै राखेर सुनुवाइ हुनुपर्ने सन्दीपका वकिलको माग छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका लागि नेपाली टिम भोलि शनिबार युएई जाँदैछ । उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने माग गर्दै सन्दीपले सर्वोच्चमा रिट दिएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ ११:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय