Kath Khabar
एमालेले बोलायो सचिवालय बैठक, राष्ट्रपति निर्वाचनबारे छलफल



                     काठमाडौं, फागुन १२ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ ।

पछिल्लाे समय राष्ट्रपति निर्वाचनकै विषयमा देशी-विदेशी चासाे समेत बढेकाे छ भने प्रमुख दलहरूले आन्तरिक तथा बाह्य छलफल समेत तीव्र पारेका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update