Kath Khabar
राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आठ दलको सहमति

                  काठमाडौं, फागुन १२ । राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने आठ दलबीच सहमति भएको छ ।

आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई सघाउने प्रस्ताव ल्याउनुभएको र प्रधानमन्त्रीको प्रस्तावलाई आठै दलले समर्थन गरेका जानकारी दिनुभयो ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका थिए । नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update