Kath khabar
कोटेश्वरमा गाडीको ठक्करबाट महिलाको मृत्यु

               

                      काठमाडौं, फागुन १५ । काठमाडौंको काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

महोत्तरीको बलवा नगरपालिका-१० धमौरामा प्र.२-०२ ००२ प ३३७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर भएका ६७ वर्षीय प्रेमलाल महतोको गएराति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमासेन्टर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित सडकमा बा.३ ख ४९०२ नम्बरको बसको ठक्करबाट साईकलयात्री भारत बिहार बनेलिपट्टी-८ बस्ने ४५ वर्षीय राम नारायण मेहताको सोमबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update