Kath Khabar
प्रदेश नम्बर १ को नाम ‘कोशी’ राख्न प्रस्ताव

 

                   विराटनगर, फागुन १७ । प्रदेश नम्बर १ को नाम ‘कोशी’ राख्न प्रस्ताव गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक तथा कांग्रेसका भूमिप्रसाद राजवंशी र निरन राई समर्थक रहेको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो ।

प्रदेश नम्बर १ को नामाकरणका लागि नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्यहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको हो । प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) ९१० बमोजिम सोही नियमावलीको अनुसूची ९ को ढाँचामा प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरूलाई आज १०:०० बजे देखि १२:०० बजे सम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन अनुरोध गरिएको छ ।

पहिचानको आधारमा प्रदेश १ को नामाकरण गरिनुपर्ने माग राख्दै आएको नेकपा माओवादी केन्द्रले पनि ‘कोसी’कै पक्षमा मतदान गर्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update