Kath khabar
प्रदेश-१ को नाम कोशी पारित भएको अवसरमा बिहीबार सार्वजनिक बिदा

 

                   विराटनगर, फागुन १८ । प्रदेश-१ को नाम कोशी पारित भएको अवसरमा प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बुधबार प्रदेश नं १ प्रदेशसभाको बैठकमा प्रदेशको नाम कोशी प्रदेश राख्ने प्रस्ताव पेश हुँदा बहुमतले पारित भएको हो ।

सत्तापक्ष नेकपा (एमाले)का प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रस्ताव गर्नुभएको ‘कोशी’ नामलाई सभामुख बाबुराम गौतमले निर्णयार्थ पेश गर्दा बहुमतले स्वीकृत गरेको थियो ।  एमालेका सांसद रामबहादुर मगरले कोशी नाम राख्न प्रस्ताव गर्नुभएको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२, विपक्षमा चार मत परेको थियो । मतदान प्रक्रियामा ६ जना सांसद अनुपस्थित थिए ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले राखेको किरात-लिम्बुवान-सगरमाथा प्रदेश नामको प्रस्ताव प्रदेशसभाले छलफलका लागि अस्वीकार गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update