Kath khabar
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै

 

                    धनगढी, फागुन २१ ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।  दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी छ ।

संविधानको धारा १६८ (३) बमोजिम  माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका उहाँले फागुन २६ गते भित्र विश्वासको मत लिई सक्नुपर्ने हुन्छ । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सरकारको नेतृत्व आलोपालो लगायत मन्त्रालय बाँडफाँडमा विश्वासको मत दिनु अघि सहमति गर्नुपर्ने पक्षमा आफूहरू रहेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टको भनाई छ । यस्तै नागरिक उन्मुक्तिले समेत सत्ता बाँडफाँडमा लिखित प्रतिबद्धता माग गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले शीर्ष तहमा छलफल भइरहेको जानकारी दिनु हुँदै सरकारले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताउनु भयो ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update